काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन् ।
पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै उनले, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’
उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए । उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गरे ।
अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ