काठमाडौँ । सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताएका छन् । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा शुक्रबार काठमाडौँमा भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल योगका लागि जन्मभूमि रहेको उल्लेख गरे ।
‘मानिसहरूलाई आध्यात्मिक रूपमा अघि बढ्न, आन्तरिक खुसी र शान्तिपूर्ण जीवनका लागि योग जरुरी छ,’ उनले थपे, ‘हामीले योगको प्रचार गरेर संसारमा चिनिन सक्छौँ।’ ऋषिमुनिहरू र बुद्धको तपोभूमि नेपाललाई विश्वमाझ आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्न सकिने सभामुख घिमिरेको भनाइ छ ।
संघीय संसदका सदस्यहरूका लागि आयोजना गरिएको योगाभ्यास सम्बन्धीको स्वजागरण कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे