काठमाडौं। पाँचथरका आइतराज केरुङको घरनजिकै शुक्रबार फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ ।भेटिएको वस्तु 'इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस' रहेको र त्यसलाई निष्क्रिय पारिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
'घटनास्थलमा थप एक शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त भएपछि परिचालित नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु (Improvised Explosive Device (IED)) रहेको पहिचान गरी आज ११:२० बजे सुरक्षित साथ निष्क्रिय पारेको छ,' निर्देशनालयले भनेको छ ।
सेनाका अनुसार घटनास्थल पाँचथर सदरमुकाम फिदिमबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा पर्छ ।यसअघि भेटिएको शंकास्पद वस्तु विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको थियो । मृतक दाजुबहिनी हुन् । अन्य २ जना घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विस्फोटक पदार्थ डिस्पोज गरेसँगै सेनाको टोलीले स्थानीय कालिका माविमा विद्यार्थीहरूका लागि सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १६ : ३०
लेखकबाट थप