टाेकियाे। जापानमा बेरोजगारी दर एक महिनाअघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।
तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ । विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
जापानको धार्मिकस्थलमा यौन क्रियाकलाप गर्ने अस्ट्रियाका वृद्ध पक्राउ
जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो
ताइफुका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु
चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश
जापानमा शक्तिशाली चक्रवातः हवाई र रेल सेवा अवरुद्ध