वेस्ट ब्याङ्कमा इजरायली सेनाको आक्रमणः १० प्यालेस्टिनीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १५ : १३
वेस्ट ब्याङ्कमा इजरायली सेनाको आक्रमणः १० प्यालेस्टिनीको मृत्यु

काठमाडौं। नेबुलास– वेस्ट ब्याङ्कका उत्तरी शहरहरूमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बुधवार बताएका छन् । 

इजरायली आक्रमणमा परी जेनिन शहरमा दुईजना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास शहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताए ।

इजरायली सेनाले बुधवार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

 

 

 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ । इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस