जापानमा शक्तिशाली चक्रवातः हवाई र रेल सेवा अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १३ : ५९
जापानमा शक्तिशाली चक्रवातः हवाई र रेल सेवा अवरुद्ध

काठमाडौं। टोकियो– भारी वर्षासँगै मङ्गलवार आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरू अवरुद्ध भएका छन्।‘टाइफुन सानसान’ नाम चक्रवात प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्  ।

भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यशहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो ।जापान एयरलाइन्सले मङ्गलवार र बुधवार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।

मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ।‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ । 

 

 

 

 

जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बाबजुद टाइफुन सानसानले टोकियो शहर पार गरी प्रशान्त तटतर्फ अघि बढेकाले शहरमा सामान्य क्षति पुगेको छ । 

तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ ।