काठमाडौं। नेपालले एक महिनामा कुल १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।नेपालबाट बर्सेनि डेढ खर्ब रुपैयाँ बराबरका वस्तुहरू विदेशमा निर्यात गर्ने गर्दछ । चालू आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी कार्पेट निर्यात गरिएको छ ।
साउन महिनामा मात्रै नेपालले १ अर्ब ११ करोड ७५ लाख १८ हजार रुपैयाँको कार्पेटहरू विदेशमा पठाएको छ ।यी कार्पेटहरू टेक्सटाइल्स फ्लोर कभरेजलगायत ऊन र जनावरहरूको रौंबाट बनाइएका कार्पेटहरू हुन् ।
यस बाहेक नेपालले ५८ करोड २० लाख ३१ हजार रुपैयाँ बराबरको अन्य कार्पेटहरू विदेशमा बिक्री गरेको छ ।
सिमेन्ट निर्यात
नेपालबाट करिब १४ करोड रुपैयाँ बराबरको सिमेन्ट विदेश पठाइएको छ ।भन्सार विभागका अनुसार एक महिनामा नेपालले १२ करोड ८० लाख ६१ हजार रुपैयाँ बराबरको ४८ हजार ७४९ किलोग्राम पोर्टल्यान्ड सिमेन्ट निर्यात गरेको छ ।
यसका साथै क्लिंकर सिमेन्ट मात्रै २ करोड ४ लाख रुपैयाँ बराबरको विदेशमा विक्री गरेको छ ।नेपालले यी दुवै प्रकारका सिमेन्टहरू भारतमा मात्रै निर्यात गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १४ : ३०
लेखकबाट थप