काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल, सङ्घीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायत थिए ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव
मिडिया ट्रायल गर्दा आलोचना भएपछि ब्याक हटे प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव