काठमाडौ । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो।
बोर्डले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइयो
अर्थमन्त्री पौडेलले अघि बढाए धितोपत्रसम्बन्धी ऐन संशोधन प्रक्रिया (पूर्णपाठ)
धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान