रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १४ : २९
रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा

रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् ।  बुधवार धितालको घर भत्किँदा २२ बाख्रा किचिएर मरेका हुन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । 

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।