काठमाडौं। त्रिवेणी- यस वर्ष रुकुम पश्चिम जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।
हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षारोपणलाई जोड दिइएको परियारले बताए । बिरुवा तथा अन्य सामग्री खरिदमा रु २० लाख खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा
भूकम्पको पाँच महिनासम्म पनि बनेन कार्यविधि, पुनः निर्माणमा ढिलाइ
रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट
रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण