भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १३ : ५६
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षेे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् ।‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस