श्रम मन्त्रालयद्वारा विभिन्न समिति गठन

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १४ : ४५
श्रम मन्त्रालयद्वारा विभिन्न समिति गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधानका लागि विभिन्न समिति गठन गरेको हो ।

श्रम मन्त्रालयकै पूर्वसचिव केवल भण्डारी, पूर्व सचिव प्रताप पाठक लगायतको संयोजकत्वमा समितिहरू गठन गरिएको हो ।

सामाजिक सुरक्षा कोषको पुनर्संरचना, कोषबाट प्रदान गरिने सेवा सुविधा लगायतका विषयमा अध्ययन गर्न भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जानुपर्ने हुन्छ । श्रमिकलाई पहिलो एक महिनाको रकम श्रम स्वीकृति लिनुपूर्व नै तिर्नुपर्ने हुन्छ । त्यसपछि हरेक महिना वैदेशिक रोजगारीमा रहँदा तिर्नुपर्ने हुन्छ । लगातार तीन महिनासम्म योगदान गरेका श्रमिकले सामाजिक सुरक्षा कोषबाट पाइने सेवा सुविधा पाउने व्यवस्था छ । तर, श्रमिकलाई त्यसबारे जानकारी नहुँदा योगदान रकम नियमित तिर्ने गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस