१ लाख २० हजार २७७ ऋणीले पाए १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १४ : ३८
१ लाख २० हजार २७७ ऋणीले पाए १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सवा १ लाखभन्दा बढी ऋणीलाई सवा १ खर्बभन्दा भन्दी सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख २० हजार २७७ ऋणीलाई १ खर्ब २६ अर्ब ८२ करोड कर्जा प्रवाह भएको हो ।

प्रवाह भएको कर्जामध्ये कृषि तथा पशुपंछी व्यवसायतर्फ ४६ हजार ३५६ ऋणीलाई ८६ अर्ब ९० करोड रहेको छ । ७१ हजार ८८३ महिला उद्यमीलाई ३८ अर्ब २९ करोड रकम महिला उद्यमशील कर्जा प्रवाह भएको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ३५ ऋणीलाई १ अर्ब ६३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।