काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरकाे गठ्ठाघरमा भएकाे सवारी दुर्घटनाकाे गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खाेज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
गठ्ठाघरमा भएकाे दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने "गठ्ठाघरकाे दुर्घटनामा के भएकाे हाे ? दुर्घटना हुनुमा कसैकाे गल्ती छ कि ? यसमा हाम्रो पुलिस फाेर्सकाे गल्ती छ कि ? यसकाे गम्भीरतापूर्वक छानबिन गर्नुहाेस् ।"
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियाे । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण
तीनकुने क्षेत्रको अनुगमनमा गृहमन्त्री लेखक
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
गृहमन्त्रीको प्रश्न– पूर्वविशिष्टलाई कानून नबनाई सुविधा दिने कि संसदबाटै नदिने निर्णय गर्ने ?
विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई दिइसक्यौँ : गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैनः गृहमन्त्री लेखक