काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बंगलादेशका नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई बधाई दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संयोजक महतोले नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाईसहित सुखद कार्यकालको कामना गरेका हुन् ।
विज्ञप्तिमा संयोजक महतोले सर्वपक्षीय छलफल गरी छिटोभन्दा छिटो संक्रमणकाल अन्त्य गरी निर्वाचनको मिति घोषणा गरी लोकतन्त्रको बहाल गर्न समेत बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
साथै महतोले आन्दोलन र सङ्घर्षको नाममा अल्पसङ्ख्यक हिन्दु र बौद्धहरूमाथि भइरहेको ज्यादती र बर्बर दमनको भर्त्सना समेत गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘मानवतालाई नै लज्जित गर्ने यस खालको दुर्व्यवहारले पुरै विश्व मानव समाजलाई प्रभावित गरिरहेको र त्यसको विरुद्धमा विश्वभरि नै प्रतिकार हुनसक्ने सम्भावना रहेकोले तत्काल यस्ता घटनाहरू नियन्त्रण गर्न समेत बंगलादेशी सरकारलाई आग्रह गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोद्वारा पार्टी घोषणा
राजेन्द्र महतोले बोलाए विस्तारित बैठक