काठमाडौँ । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन् ।
गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो । हसिना देश छोडेर भारत पुगेपछि पनि २०० बढीको ज्यान गइरहेको छ ।
खासगरि हिन्दू अल्पसंख्यकहरुमा आक्रमण, अपहरण, हत्या तथा आगजनी तथा लुटपाटका घटनाहरु बढेका छन् । सन १९७१ मा बंगलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो संकट यहि भएको बताइएको छ ।
हसिनाका छोरा सजिब सूचना प्रविधिका विज्ञ हुन् । हाल उनी अमेरिकामा बसोबास गरिरहेका छन् । केहिदिन अगाडि उनले आफ्नै सल्लाहमा आमा हसिनाले देश छोडेको बताएका थिए । हसिनाको हत्या नै हुने भएकोले आफूले आमाले नमान्दा नमान्दै देश छोड्न आग्रह गरेको उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
'भारतबाट शेख हसिनालाई फर्काउनु सरकारको प्राथमिकता'
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता