जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १४ : २२
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिण पश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ ।

जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन ।