चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।
वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका छन् ।
हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६.१२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् ।
वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राह्मण-क्षेत्री परिवारका छन् । ब्राह्मण-क्षेत्री १७ हजार ५६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार ५७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताइन् ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्याङ्कसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए ।
महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह
इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक
औसतमा वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा
वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि
दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो
चैतसम्म साढे ५ लाखले लिए श्रम स्वीकृति, एकै महिनामा १७ हजार बढी नेपाली पुगे यूएई