उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, ०८ : १५
उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । काभा वुमन्स भलिवल नेसन्स लिगमा आज उपाधिका लागि नेपाल भारतसँग भिड्दैछ । मंगलबार इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि नेपाल आमने–सामने हुन लागेका हुन् ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर जुरेको छ ।

शनिबार यस प्रतियोगिताको लिग चरणको खेलमा भारतलाई हराएकाको थियो । त्यसैले नेपाली टिम आत्मविश्वास छ । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो ।

मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–२१, दोस्रो सेटमा २८–२६ र तेस्रो सेट २५–२० ले जितेको थियो । मंगलबारको खेलमा स्पाइकरहरु उषा भण्डारी र निरुता ठगुन्नाले राम्रो प्रदर्शन गरेका थिए ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । अहिलेसम्म नेपालले महिला भलिबलमा एकपटक मात्र भारतलाई हराएको छ । यही वुमन्स लिगमा नेपालले गत शनिबार भारतलाई हराएको हो ।

प्रतिक्रिया दिनुहोस