नवलपरासीमा मोटरसाइकल दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १० : ४६
नवलपरासीमा मोटरसाइकल दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम) मा उपचार भइरहेको जानकारी दिए ।