काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई दिने जिल्ला अध्यक्षहरूको भेला सकिएको छ । काठमाडौँमा भएको भेलाले जनचाहना र कार्यकर्ताको भावनाअनुरूप पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
सबल र सुदृढ राप्रपा बनाउने साझा र शक्तिशाली संकल्पका साथ भेला सकिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टी पङ्क्तिलाई भेलाले निर्देश गरेको छ । निर्वाचनलाई फोकस गर्ने गरी अधिवेशनहरूलाई चाँडै सक्ने लक्ष्य पार्टीले लिएको छ ।
२०८२ वैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ । सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रूपमा लानुपर्नेमा नेताहरूको जोड छ ।
अहिलेको सरकार गठन राम्रो मनसायले नभएको भेलाले निष्कर्ष निकालेको छ ।
भेलाको निष्कर्ष छ, ‘विभिन्न काण्डहरूलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको छ । यसले जनताको अपेक्षाकृत परिणाम दिन सक्दैन । ठूला भनिएका पार्टीहरू दलदलमा फसेको र नयाँ भनिएका पार्टीहरूले जनतामा आशा पैदा गर्न नसकेको अवस्थामा राप्रपाको लागि उर्वर अवसरको रूपमा लिनुपर्छ भन्ने निष्कर्ष रह्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
नेता पक्राउ गरेकोमा राप्रपाको युवा संगठनले जनायो आपत्ति
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना
देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता