प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूबीच छलफल

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १३ : ०४
प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूबीच छलफल

काठमाडौँ । आप्रवासी श्रमिकको रूपमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्याबारेमा तीन प्रमुख दलका नेताहरूले छलफल गरेका छन् । नेपाली काँग्रेसका नेता धनराज गुरुङ, नेकपा एमालेका नेता राजन भट्टराई र नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले छलफल गरेका छन् ।

भट्टराईले भने, ‘आजको बसाइँमा प्रवासमा रहेका विशेष गरी खाडी मुलुकहरू र मलेसिया, कोरिया, जापान लगायतका देशमा रहेका श्रमिकहरूका समस्याहरू र तिनको समाधानका लागि राज्य तर्फबाट के कस्ता नीतिगत र कार्यक्रमिक सुधारहरू गर्नुपर्ने हुन सक्छन् यिनै विषयमा केन्द्रित रहेर छलफल गरियो । यस खालको छलफललाई निरन्तरता दिने र आवश्यक पर्दा अन्य सरोकारवाला र विज्ञहरूसँग समेत सामूहिक छलफल अगाडि बढाउने र छिटो भन्दा छिटो समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरूलाई विषयहरू अवगत गराई समाधानका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता साथ उठियो ।’

प्रतिक्रिया दिनुहोस