डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर आकस्मिक अवतरण

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १५ : १२
डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर आकस्मिक अवतरण

सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माले हेलिकप्टोर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताए ।  यद्यपि हेलिकप्टर भने त्यहीँ छ । राजधानी वीरेन्द्रनगरबाट रामघाट पूर्वमा पर्छ ।