बस दुर्घटना अपडेट

चिकित्सक लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १४ : १४
चिकित्सक लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर

काठमाडौ । नेपाली सेनाको मेडिकल टिमसहितको हेलिकप्टर बस दुर्घटनास्थलतर्फ उडेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलका अनुसार शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त हेलिकप्टर उडेको हो।

एमआई १७ हेलिकप्टरमा नेपाली सेनाको मेडिकल टिम सवार छन्।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस खसेको हो। बसमा सवार १६ जनाको उद्धार गरिएको छ। १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त बस पोखराबाट काठमाडौं आउँदै थियो। दुर्घटनामा पर्ने सबै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। ती भारतीय नागरिकहरू पोखराको ड्यामसाइडस्थित एक होटलमा बसेका थिए। उनीहरू शुक्रबार बिहान साढे ७ बजे काठमाडौंका लागि छुटेका थिए।