काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चलन गर्न निर्देशन दिएका छन् ।मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।
धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर..।’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । गाडी चढेर हिँड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन ।
उनले मै बनाउँछु मेरो धरहरा क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकोले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए । ‘त्यो लिफ्ट किन खिया लागेर बस्न दिने ? दुईदुईवटा लिफ्ट छ त्यहाँ । जवानहरूलाई भर्याङ छ । बुढाबुढीलाई लिफ्ट छ ।
अनि किन सञ्चालन नगर्ने ? कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने । उनले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू लेउ पलाएर राख्न नहुने भन्दै भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याएर आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि
प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख
जातीय छुवाछूत अन्त्यका लागि कानुनमा आवश्यक संशोधन गर्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री ओली
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली