काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे ।
सो अवसरमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो ।
भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीले भनेः ससाना कुरालाई तीलको पहाड बनाएर खुब उफ्रिराख्या छन्
देश बन्छ, बनाउन हामी सक्षम छौं: ओली
प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली
परिस्थिति ठीक गर्न धैर्यताका साथ लाग्छौं : प्रधानमन्त्री ओली
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
संविधान संशोधन गरेर भए पनि कानुनी राज स्थापना गर्नुपर्छ: प्रधानमन्त्री ओली