काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्।’, प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् ।
राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ।’
प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।
असमानता, अन्याय, छुवाछूत र दुःख भोगेर कोही सुख हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए।
‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन।’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै
अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री ओली
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ : प्रधानमन्त्री ओली