काठमाडौँ । आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ ।आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ ।
आइतबार १५४ कम्पनीको मूल्य घट्यो । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । तर ८४ कम्पनीको मूल्य बढेको छ ।
आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आइतबार कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ । आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक १.५७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बढेको सेयर बजारमा घट्यो कारोबार
१२.५८ अंकले बढ्यो बजार, परिसूचक २६०१ बिन्दुमा
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से