विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १७ : ४१
विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागी भएर विहीबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रम ओली न्युयोर्क प्रस्थान गरेका थिए । महासभा बैठकपछि प्रम ओली  कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्कमै राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधनपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए । प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस