कार्यविभाजन गर्न एमालेले बोलायो बैठक

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०९ : ५९
कार्यविभाजन गर्न एमालेले बोलायो बैठक

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । 

साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।