नेपाल र विकासोन्मुख राष्ट्रलाई थप सहयोग गर्छौं : चिनियाँ राजदूत

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १६ : ४४
नेपाल र विकासोन्मुख राष्ट्रलाई थप सहयोग गर्छौं : चिनियाँ राजदूत

काठमाडौं। ​नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पूँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन् ।

चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २० औं बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वको भएको जनाउँदै उनले यस्तो बताएका हुन् ।उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपालजस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने उनको विश्वास थियो ।

उनले आज दिएको  वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ –साउन ३ गतेसम्म आयोजित  प्लेनरी सेसनले चीनको आर्थिक एवं सामाजिक विकासको नयाँ खाका कोरेको बताइएको छ । 

यो चीन र विश्वलाई नै ठूलो महत्त्वको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको उनले स्पष्ट पारे । चीनमा सुधार र खुलापन शुरू भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गरेको छ ।

आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस