नवलपरासी । पश्चिम नवलपरासीमा १७ वर्षका किशोरले चलाएको मोटरसाइकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
गएराति बर्दघाट नगरपालिका- १३ जमुनियास्थित सडकमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्मिका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा शनिबार बिहान भिम अस्पताल भैरहवामा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक नवलपरासीको प्रतापुर गाउँपालिका २ गोपीगन्ज घर भएका १७ वर्षीय किशोर पनि घाइते भएका छन्। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु