अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, १६ : ४३
अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ

मोरङ । मोरङ प्रहरीले अनलाइन सट्टेवाजमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न अनलाइन एप्समार्फत अनलाइन सट्टेवाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकहरुको कोठाबाट १ थान कम्प्युटर सीपीयु, १ थान राउटर, २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस