गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरेका छन् ।
मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताए । “संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ