राष्ट्रबासीका नाममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १५ : १५
राष्ट्रबासीका नाममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति

काठमाडौं। वासिङ्टन–अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा उनले आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्नेबारे व्याख्या गर्ने बताइएको छ । 

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेदवारबाट फिर्ता हुने निर्णयका विषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको धारण राख्नेछन् ।

स्थानीय समयअनुसार बिहीबार राति ८ बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्ने भन्ने विषयमा आफ्ना धारणा राख्ने बताएका छन् ।

आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।

कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्तबास (आइसोलेसनमा) रहेको बेला उनले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका थिए ।जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयासपछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो । 

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदको उम्मेदवार बनेकी ह्यारिस र ट्रम्प दुवै चुनावी अभियानमा फर्किएपछि बाइडेनले अमेरिकीहरूलाई आफू राजनीतिबाट अबकास लिएको व्यक्ति नभएको वा आफ्नो राजनीतिक जीवन नसकिएको प्रमाणित गर्न कडा सङ्घर्ष गर्नेछन् । 

रिपब्लिकनहरूले बाइडेनलाई पूर्ण रुपमा राजीनामा दिन आग्रह गर्दै यदि उनी पुनः निर्वाचित हुन योग्य नभएको निष्कर्ष सही भए उनले राष्ट्रपतिका रूपमा काम गर्न पनि योग्य नहुने दाबी गर्दै आएका छन् ।

वरिष्ठ डेमोक्र्याट नेता बाइडेनले गाजामा हमासविरुद्ध इजरायलको युद्धमा अर्थतन्त्रमा विशेष ध्यान केन्द्रित गर्न र युद्धविराम लक्ष्य हासिल गर्न आफूसँग अझै धेरै कुरा बाँकी रहेको र यसका लागि आफू सक्षम रहेको बताउँदै आएका छन् ।

डेलावेयरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाइडेनले भने, ‘बिहीबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्ने र युद्धविरामका लागि सहमति नजिक पुग्ने सम्भावना छ ।

मध्यपूर्वमा शान्ति सम्झौता गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । जिम्मी कार्टर, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि मध्यपूर्वमा शान्तिका लागि पहल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस