नियमअनुसार नै विद्युतको बक्यौता उठाइन्छ : प्रधानमन्त्री

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ०७ : ४३
नियमअनुसार नै विद्युतको बक्यौता उठाइन्छ : प्रधानमन्त्री

काठ्माडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार नै विद्युत् बक्यौता उठाइने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने बताएका छन्।

 ‘हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, उनले लेखेका छन्।

यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पारे। 

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस