काठमाडौं । प्रतिनिधि सभा बैठकमा राप्रपाले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद रोसन कार्कीले रायको हत्याबारे छानबिन गर्न र मधेशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षाप्रति सदनको ध्यानाकर्षण गराईन् ।
पूर्वमन्त्री रायको गएराति सर्लाही चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।यता राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको जनाउँदै भर्त्सना पनि गरेको छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’
रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै