जनकपुर । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ
प्रहरी सहयाेगीको गोली हानेर हत्यामा, अनुसन्धान बिभागका अधिकृतसहित तीन जना पक्राउ
बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण
सर्लाहीमा एक महिलाको हत्या