खरिदमात्रै गर्ने व्यापार होइन, अब नेपालले ३ महिनाभित्र निर्यात मार्गचित्र ल्याउँछ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १४ : २४
खरिदमात्रै गर्ने व्यापार होइन, अब नेपालले ३ महिनाभित्र निर्यात मार्गचित्र ल्याउँछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि तीन महिनाभित्रै नयाँ कदम चाल्ने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव गर्दै ओलीले खरिदमात्रै गर्ने विषय व्यापार नभएको बताए । अब नेपालले व्यापार शुरू गर्ने उनको भनाइ थियो ।

आर्थिक वर्षको ११ महिनामा १४५४ अर्ब रुपैयाँको आयात हुँदा, १४० अर्बको मात्र निर्यात गरेछौं । यो तथ्यांक फरक ढंगले बुझ्नुपर्छ । अरु बेचिरहेका छन् । हामी किनि मात्र रहेका छौं,’ ओलीले भने, ‘बिक्री नगर्ने खरिदमात्रै गरिरहने व्यापार हुन्छ र ? अब हामीले व्यापार गर्न शुरु गर्नुपर्छ ।

आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्नु यस सरकारको दोस्रो प्राथमिकता हो ।’यसको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले मार्गचित्र तयार गर्ने घोषणा पनि उनले गरे ।

‘यसको लागि अर्थ लगायतका मन्त्रालयसँग समन्वय गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्नेछ,’ उनले भने, ‘व्यवसायमैत्री वातावरण बनाउँछौं ।  अब आयातमात्रै होइन निर्यातको वातावरण बनाउँछौं ।’

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस