यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, ०८ : १०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि  विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ६२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस