न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन जारी

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १५ : १२
न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन जारी

काठमाडौं । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो ।

उनीहरूले मेयर बालेन शाह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस