काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने दाबी गरेका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता-कार्यकर्तालाई आग्रह गरे ।
मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि
८४ मा कांग्रेस एक्लै चुनाव लड्छ, बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि