वेश्यावृत्ति गर्न लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, ०८ : १०
वेश्यावृत्ति गर्न लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ

बारा । बारामा महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ति गर्न लगाएको आरोपमा दुई जना पक्राउ परेक छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-५ स्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक ३० वर्षीय श्याम सुन्दरप्रसाद यादव र अर्का नाम नखुलाएका वीरगन्ज महानगरपालिका वडा-२९ का २० वर्षीय युवक रहेका छन् ।

विभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्ति गराइएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो । 

छापा मारेर ४ महिला र २ पुरुष गरी ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
यसमध्ये दुई जनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको र ४ जना महिलालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस