नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १६ : १९
नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् ।  बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको बताए ।

‘कला, संस्कृति, सङ्गीत, गाय, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो । प्रतिभाहरूको देश हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद दिए ।कार्यक्रममा आठ जना गीत–सङ्गीतकर्मीलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस