आर्थिक वर्ष २०८०-८१ मा सरकारले गर्‍यो १४ खर्ब ८ अर्ब ७६ करोड खर्च

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १४ : ४६
आर्थिक वर्ष २०८०-८१ मा सरकारले गर्‍यो १४ खर्ब ८ अर्ब ७६ करोड खर्च

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०र८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड खर्च गरेको छ । सो रकम सरकारले भुक्तानी दिएको हो ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले गरेको खर्च मध्ये सबैभन्दा धेरै चालू तर्फ ९ खर्ब ५२ अर्ब ४१ करोड भुक्तानी गरेको छ ।

विकास खर्च १ खर्ब ९१ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको हो । सरकाले गत चालु आवमा १० खर्ब ३० अर्ब राजस्व संकलन गरेको छ । जसमा राजस्वमा ९ खर्ब २७ अर्ब राजस्व र गैर कर शीर्षकमा १ खर्ब ३ अर्ब राजस्व संकलन भएको हो । अनुदान २ अर्ब ७५ करोड प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा भन्दा २०८०/८१ मा ७३ अर्ब ७२ धेरै राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्षमा ९ खर्ब ५६ करोड राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस