खानेपानीमन्त्री यादवले गरे पदभार ग्रहण

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १४ : २१
खानेपानीमन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस