काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दसैँ लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीलाई आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा आयोजना गरिएको वडा दसैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिए ।
उनले भने, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नु होला ।” उक्त शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव, विभागका, केयुकेएलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
खानेपानीमन्त्री यादवले सय दिनमा के-के गरे ? यस्ता छन् कार्यप्रगतिको विवरण
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न मन्त्री यादवकाे निर्देशन
खानेपानीमन्त्री यादवले गरे पदभार ग्रहण