यसअघि सम्हालेकै २ मन्त्रालय दिन अशोक राईको माग

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १४ : ५९
यसअघि सम्हालेकै २ मन्त्रालय दिन अशोक राईको माग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ । अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरू मागेको उनी निकट एक नेताले बताए ।

‘प्रचण्ड’ नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वास्थ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो । तर गत १७ असारमा नेपाली काँग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरू प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

एमालेलाई साथ दिँदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरू दाबी गरेको हो । स्रोतका अनुसार, राईले मागेको मन्त्रालय सङ्ख्याप्रति ओली सकारात्मक नै छन् ।

प्रतिक्रिया दिनुहोस