अशोक राई नेतृत्वको जसपाको केन्द्रीय समिति बैठक जारी

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, ११ : ४६
अशोक राई नेतृत्वको जसपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ ।

बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले जसपाका अध्यक्ष अशोक राईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । राजनीति प्रतिवेदनमाथि आआफ्नो धारणा राखिसकेपछि संशोधनसहित त्यो प्रतिवेदन पास हुने सो पार्टीका उपमहासचिव एवं स्वास्थ्य मन्त्री प्रदीप यादवले बताए ।

उनले भने, ‘केन्द्रीय सदस्यले राखेको जिज्ञासा दिने काम पार्टी नेतृत्वले दिन्छ । त्यसपछि संगठन निर्माणका रणनीतिहरूको बारे छलफल भई बैठक सकिन्छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईसहित सात जना सांसदले जसपा गठन गरेका छन् । पार्टी विभाजनको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।

सो आदेशपछि सनाखतलगायतका कामहरू रोकिएको छ । यद्यपि दुवै पार्टीले आआफ्नो सङ्गठनको कार्यलाई अगाडि बढाएको छ । जसपा नेपालले त महाधिवेशन नै सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस